सामाचार
छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी जरूरी सूचना !
छात्रवृत्तिका लागि आवेदन पेश गर्ने सम्बन्धी जरूरी सूचना !
प्रथम पटक प्रकाशित मितिः २०८२/०१/२३
लिखु तामाकोशी गाउँपालिकाको शैक्षिक छात्रवृत्ति वितरण सम्बन्धी कार्यविधि, २०७९ वमोजिम गाउँ कार्यपालिकाको मिति २०८२/०१/१९ गतेको निर्णयानुसार आ.व.२०८१/८२ मा शिक्षा, युवा तथा खेलकुद शाखा अन्तर्गत विनियोजित छात्रवृत्ति कार्यक्रममा यस स्थानीय तहको स्थायी ठेगाना भएका प्राविधिक धार, उच्च शिक्षा तर्फ सबै संकाय र साधारण धारतर्फ कक्षा ११-१२ मा गणित, विज्ञान र अङग्रेजी मूल विषय लिई शिक्षा र विज्ञान संकायमा अध्ययनरत ईच्छुक विद्यार्थीहरूले तपसिल बमोजिमको छात्रवृत्ति कार्यक्रमका लागि यो सूचना प्रकाशन भएको मितिले १ (एक) महिनाभित्र पालिकाको वेव साइटमा राखिएको अनलाइन फारामको Link
⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️
https://forms.gle/4Dts4LJWKcJWkyTJ8
Open गरेर त्यहाँ उल्लेखित सम्पूर्ण विवरणहरू भरी Submit गर्नुका साथै आवश्यक कागजात सहित यस कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन पेश गर्नुहुन सम्वन्धित सम्पूर्णमा सूचित गरिन्छ । साथै विगतगा यस प्रकृतिको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूले सो भन्दा पछि सञ्चालन भएका सम्पूर्ण परीक्षाहरूमा ३ जि.पि.ए.भन्दा माथिको नतिजाको विवरण सहित आवेदन पेश गर्नु पर्नेछ ।
अनुसूची -१ लिखुतामाकोशी गाउँपालिकाको शैक्षिक छात्रवृत्ति वितरण कार्यविधि, २०७९ को परिच्छेद २ दफा ४ को उपदफा (क) सँग सम्बन्धित फाराम डाउनलोड यस लिङ्क मार्फत गर्नुहोस् ।
⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️⤵️
https://drive.google.com/file/d/1RbtOLTD9AoQc9gcf72J_y3c8CHLWSopy/view?u...