FAQs Complain Problems

सामाचार

समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) मा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना

"समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम (CBR) मा प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना"
प्रस्तुत विषयमा बागमती प्रदेश सरकारबाट हस्तान्तरण कार्यक्रम (सशर्त अनुदान चालु तर्फ) आ व २०८१/८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुरुप समुदायमा आधारित पुनस्थार्पना कार्यक्रम (CBR) यस गाउँपालिका भित्र अपाङगता सम्बन्धि काम गर्न गैर सरकारी संस्थाहरुको साझेदारीमा सचालन गर्न यो सूचना जारी भएको मितिले १५ दिन भित्र योग्यता पुगेका ईच्छुक सरकारी संस्थाहरुले तपसिलको रित र शर्त पुरा गरी प्रस्ताव पेश गर्न यो सूचना जारी गरिएको छ। सामाजिक विकास मन्त्रालयबाट जारी निर्देशिका बमोजिम संस्था छनौट गर्न अधिकार समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम समन्वय तथा अनुगमन समितिलाई हुनेछ । तपसिल
१) दरखास्तसंग बुझाउनुपर्ने कागजातहरुः
> अपाङगता क्षेत्रमा काम गरेको अनुभव सम्बन्धि प्रमाणित कागजात ।
> संस्था दर्ता नविकरण विद्यान, प्रशासनिक आर्थिक नियमावलीको प्रमाणित फोटोकपी ।
> समाज कल्यान परिषदको आबद्धता पत्र।
> गत वर्षको बार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन ।
> संस्थाको भौतिक पूर्वाधार र कर्मचारीको अवस्था दर्साउने कागजात ।
> संस्थाको प्रशासनिक क्षमता दर्शाउने कागजात ।
२) प्राथमिकताः
संस्था यस गाउँपालिका कार्यालयमा सूचिकृत भई कार्यरत हुनुपर्ने ।
३) प्रस्तावमा कुने प्रशासनिक खर्च उल्लेख गर्न पाईने छैन।
४) प्रस्तावमा अपाङगता भएका व्यत्ति तथा परिवारको क्षमता अभिवृद्धि (शिक्षा, स्वास्थ्य सिप विकास नेतृत्व तालिम) आदी गरी आय आर्जन तथा स्वावलम्बन बनाउन लक्षित हुनुपर्ने। मुख्य प्राथमिकताका विषयमा मनोसामाजिक परार्मश, कम्प्युटर तालिम, एडभान्स कुक तालिम, फिजियो थेरापी र बीउँ पूँजी।
५) प्रस्ताव दर्ताका लागि कुनै शुल्क लाग्ने छैन।
६) अपाङगता भएका व्यक्तिका लागि समुदायमा आधारित पुनर्स्थापना कार्यक्रम संचालन कार्यविधि २०८० वमोजिम प्राप्त प्रस्ताव मूल्याङकन छनौट गरिनेछ ।

आर्थिक वर्ष: